+
+
Shares

नयाँ संविधान बनेको धेरैलाई मन परेको छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते १५:१०

१९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र नयाँ संविधान बनेको धेरैलाई मन नपरेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले विगतमा राज गरेकाहरुले यसलाई उल्टाउन बल गरेको समेत बताए ।

गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने भन्दै उनले भने, ‘जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ । राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन् ।’

नेकपा अध्यष प्रचण्डले नयाँ संरचनाको फाइदा घाटाबारे जनता पनि अन्यौलमा रहेको पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको धारणा राखे । ‘नयाँ परिस्थिति पुरानोभन्दा भिन्न हुन्छ र मानिसलाई तुरुन्तै सहज लाग्दैन’ उनले भने, ‘पुरानो संरचनामा बानी परेका हामीलाई नयाँ संरचनाले फाइदा गर्ने हो कि घाटा भने जस्तो, नहिँडेको बाटो हिड्नुपर्‍यो जस्तो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?