Comments Add Comment

राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बस्ने छ ।

बैठकमा पार्टीको भाबी कार्यक्रम, नीति र संगठन सुदृढीकरण एवं बिस्तारबारे छलफल हुने प्रवक्ता किरण गिरिले जानकारी दिए ।

प्रतिवेदनहरु उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यहरु हरि बहादुर बस्नेत र नवराज सुवेदीले बैठकमा प्रस्तुत गर्नेछन् ।

यसअघि ९ पुसमा बसेको बैठकले अबका दिनहरुमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्न बस्नेत र सुवेदीलाई जिम्मा दिएको थियो ।

यो पनि पढ्नुहोस राप्रपा संयुक्तको ठहर- सरकार यती समूहको गोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment