
२० पुस, काठमाडौं । वीरगञ्जबाट प्रहरीले नक्कली भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाइजबाट वीरगञ्ज-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवान पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार राति उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4