Comments Add Comment

दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल माघ १८ देखि

२० पुस, काठमाडौं । साहसिक खेल प्रतियोगिता अन्तर्गत् दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल यही माघ १८ देखि २७ गतेसम्म मनाङमा सञ्चालन हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुने सो प्रतियोगितामा कूल ४५ जनाको सहभागिता रहने संघका अध्यक्ष सन्तवीर लामाले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० चलिरहेको सन्दर्भमा साहसिक पर्यटन प्रवर्द्धनको लागि यो फेस्टिभलले महत्वपूर्ण योगदान पुग्ने विश्वास संघको छ । सो कार्यक्रमको सहआयोजकको रुपमा नेपाल क्लाइम्बिङ टिम रहेको छ । टिमका महासचिव विष्णु तामाङका अनुसार फेस्टिबलमा आइस क्लाइम्बिङ कोर्ष, फोटोग्राफी, एडभेन्चर फिल्म प्रर्दशनी, स्थानीय जातजातिका सांस्कृतिक प्रर्दशनी लगायत कार्यक्रमहरु आयोजना गरिने छ ।

नेपाल पर्वतारोहण प्रशिक्षक संघ र नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघको प्राविधिक सहयोग एवं नेपाल भ्रमण वर्ष २०२० सचिवालयको आर्थिक सहयोगमा सञ्चालित सो फेस्टिभल प्रबर्द्धनको जिम्मा भने पर्यटन मन्त्रालयले लिएको तामाङले जानकारी दिए ।

अन्नपूर्ण हिमश्रृफ्लाअन्तर्गत् रहेको तीन हजार दुई सय मिटरको हुम्दे क्षेत्र आइस क्लाइम्बिङको मुख्य हवमा नै फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ । आठ हजार मिटरभन्दा माथिका नै १४ वटा हिमाल रहेको नेपालमा पर्यटन क्षेत्रको मुख्य आकर्षक गन्तव्य नै हिमाल र साहसिक पर्यटन भएकाले आइस क्लाइम्बिङ फेस्टिबलले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

फेस्टिभलमा माइनस २० देखि ५ डिग्रीसेल्सीयससम्मको तापक्रम रहेको हुम्देमा हिउँ बन्चरो, क्रम्पन, डोरी, जुत्ता र हेल्मेटको साहारामा आइस क्लाइम्बिङ गर्नेदेखि पाँच सयदेखि एक हजार मिटरभन्दा लामो र ६० देखि सय डिग्री उचाइसम्मको झरनामा क्लाइम्बिङ गर्न पाइने आयोजक संस्थाले जनाएको छ । आइस क्लाइम्बिङ लिड, मल्टिपीच, मिक्स गरी तीन प्रकारले क्लाइम्बिङ गरिन्छ । ‘होङदे’ सँगै सोलुखुम्बुको कोङदे, दोलखाको गौरीशंकर क्षेत्र आइस क्लाइम्बिङको मुख्य गन्तव्य रहेको तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment