Comments Add Comment

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप माघ ३ देखि

काठमाडौं । पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप माघ ३ देखि हुने भएको छ ।

आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिप माघ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने जानकारी गराएको हो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ तीन विभागीय टिम, हेल्प नेपाल स्पोर्टस क्लब, मणिमुकुन्द भलिबल क्लब, नयाँबजार भलिबल क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन स्पोर्टस् क्लब, काभ्रे जिल्ला भलिबल संघ, गण्डकी प्रदेश, आर ९ भलिबल ग्रूप र पार्वती युवा क्लब छन् ।

यस्तै महिलातर्फ तीन विभागीय टोली, न्यू डायमण्ड क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन स्पोर्टस् क्लब, चितवन टाइग्रेस, गण्डकी प्रदेश रहेका छन् । यस च्याम्पियनसिपबाट महिलातर्फ ६ र पुरुषतर्फ ८ टोली राष्ट्रिय क्लब लिगका लागि छनोट हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताए ।

क्लब च्याम्पियनसिपको महिला र पुरुष विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार पाउनेछन् । प्रतसयोगितामा २३ लाख खर्च हुने संघले जनाएको छ ।

च्याम्पियनसिपको राष्ट्रिय वाणिज्य बैंकको प्रायोजन रहेको छ । २०७६ र २०७७ सालको लागि बैंकसंग सम्झौता नवीकरण गरिसकेको र बैंकले वार्षिक १२ लाख प्रदान गर्ने चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment