Comments Add Comment

पल र पूजाको ‘दुःखको काँडा’

पछिल्लो केही महिनायता रिलिज भएका चलचित्रका गीतहरुले बजारमा कस्तो चर्चा पाइरहेका होलान् त ? तिहारपछि नेपाली चलचित्रका करिब आधा दर्जन गीत रिलिज भएका छन् । जसमा, चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरी’ गीत हिट भैरहेको छ ।

यो गीतले युटुबमा करिब ४८ लाख भ्यूज बटुलिसकेको छ । सार्वजनिक भएको करिब एक महिनामै यो गीतले चलचित्रको हाइपलाई माथि पुर्याइसकेको छ ।

यसको निर्माणपक्षले अब, नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेको छ । ‘दुःखको काँडा’ बोलको गीत बिहिबार सार्वजनिक हुने निर्माणपक्षले जानकारी दिएको छ । निर्देशक सुदर्शन थापाले भने–‘दर्शकले चलचित्रको पहिलो गीतलाई निकै मन पराउनु भएको छ । दोश्रो गीतले पनि दर्शकको अपेक्षालाई निराश बनाउँदैन ।’

यो गीतमा सनिष श्रेष्ठको आवाज छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको चलचित्रको यो गीतले प्रेमीले प्रेमिकालाई हरेक पलमा साथ दिने भाव व्यक्त गर्छ । गीतमा देवल भण्डारीको शब्द छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ । फागुण २३ गते रिलिज हुने चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुदर्शन थापा र पूजा शर्माको लगानी छ । चलचित्रमा जन्म जय र साम्पाङ राइ सह–निर्माताको रुपमा छन् । सौरभ लामाले खिचेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment