
२२ पुस, काठमाडौं । काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल घुस रकमसहित पक्राउ परेका छन् ।
लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा कुइँकेलसहित सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई मालपोत कार्यालय साँखु परिसरबाट सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4