Comments Add Comment

हिन्दु रक्षा दलले लियो जेएनयू आक्रमणको जिम्मेवारी

२२ पुस, काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थी र शिक्षकमाथि भएको सांघातिक आक्रमणको हिन्दु रक्षा दलले जिम्मा लिएको छ ।

हिन्दु रक्षा दलका नेता पिनाकी चौधरीले मंगलबार ट्वीटरमार्फत घटनाको जिम्मेवारी लिएका हुन् । उनले जेएनयू राष्ट्रविरोधी गतिविधिको केन्द्रविन्दु रहेको आरोप पनि लगाएका छन् ।

‘जेएनयू राष्ट्रविरोधी गतिविधिको केन्द्र हो, हामी यस्तो सहन सक्दैनौं, हामी त्यस आक्रमणको पूर्ण जिम्मेवारी लिन्छौं र त्यो घटना गराउनेहरु हाम्रा मान्छे हुन्’ चौधरीले समाचार एजेन्सी एएनआईसँगको भिडियो कुराकानीमा भनेका छन् ।

भारत सरकारले चौधरीको भनाइबारे अनुसन्धान गरिरहेको जनाएको छ । सरकारका एक अधिकारीले एएनआईसँग भनेका छन् ‘दिल्ली पुलिसले यसबारे जानकारी पाएको छ, जेएनयू प्रवेश गरेका नकाबधारी समूहको पहिचानका लागि भिडियो फुटेज र फेस रिकग्निसन सिष्टमको सहयोग लिइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment