+
+

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रासस रासस
२०७६ पुष २२ गते १४:५१

२२ पुस, ओखलढुङ्गा । सुनकोशी गाउँपालिका-३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी-३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ ।

बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मोटरसाइकल सडकबाट खोल्सामा खस्दा पछाडि बसेका थापा बीचमा नै अड्किएकाले सामान्य घाइते भएका हुन् ।

बल्खुबाट सिस्नेरी घरतर्फ फर्कदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको बताइएको छ । राति दुर्घटना भए पनि बिहान मात्र स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मगरको शवपरीक्षण गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?