+
+
Shares

सुजुकीको तीन दिने ‘विन्टर फ्रि सर्भिस क्याम्प’

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १८:३५

२२ पुस, काठमाडौं । नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो बुधबारदेखि शुक्रबारसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउँनेछन्।

सर्भिस क्याम्पमा ग्राहकले निःशूल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउँनेछन्।

त्यसैगरी, एसडीटी डायग्नोसिसमा उनीहरुले ५० प्रतिशत पाउने कम्पनीले बतायो। साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउँनेछन्।

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुने कम्पनीले जानकारी दियो। ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?