Comments Add Comment

प्रदेश २ को लक्ष्य : पाँच वर्षमा आर्थिक वृद्धिदर ११ प्रतिशत

२३ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले पाँच वर्षभित्र आर्थिक वृद्विदर ११ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षमा ६ दशमलव ५३ प्रतिशत रहेको प्रादेशिक आर्थिक वृद्विदरलाई पाँच वर्षमा ११ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको हो ।

प्रदेश सरकारले बुधबार पहिलो पञ्चबर्षीय आवधिक योजनाको आधारपत्र २०७६ तयार गर्दै विभिन्न लक्ष्य सार्वजनिक गरेको छ ।

आधारपत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धिदर ११ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताए ।

चालू आर्थिक बर्षमा २७ दशमलव ७ प्रतिशत रहेको गरिबी दर आर्थिक बर्ष २०८०/८१ मा २१ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

यस्तै, प्रदेशको कुल ग्रार्हस्थ उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्ब पुर्‍याउने लक्ष्य लिएको उपाध्यक्ष डा. झाले बताए ।

आउँदो पाँच वर्षमा प्रदेशको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर पुर्‍याउने र अहिले ९ प्रतिशत रहेको बाल मृत्युदरलाई ७ प्रतिशतमा झार्ने लक्ष्य प्रदेश सरकारको छ ।

यस्तै, सिञ्चाईयोग्य क्षेत्रमा अहिले ६५ दशमलव ८ प्रतिशत सिञ्चाई सुविधा रहेकोमा यसलाई पाँच बर्षमा ७५ प्रतिशत पुर्‍याइने लक्ष्य लिइएको उपाध्यक्ष डा. झाले पत्रकार सम्मेलनमा बताए ।

पञ्चबर्षीय आवधिक योजना बुधबार नीति आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक गरे । त्यस अवसरमा बोल्दै उनले नीति तथा कार्यक्रममा समेटिएको योजना यसैलाई टेकेर अगाडि बढाइने बताए ।

मुख्यमन्त्री राउतले यो पञ्चवर्षीय आधारपत्रले प्रदेशको आगामी विकास निर्माण कार्यक्रमको तर्जुमा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा लिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment