Comments Add Comment

गुन्डागर्दीमा संलग्न दुई जना पक्राउ

२४ पुस, काठमाडौं । गुन्डागर्दीमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन नगरपालिका-६ घर भइ काठमाडौंको ग्रिनल्याण्ड बस्ने देवेन्द्रबहादुर घर्तीमगर र धादिङ नीलकण्ठ घर भइ काठमाडौंको नयाँ बजार बस्ने सुजन पौडेल रहेका छन् ।

हातहतियार देखाएर धम्क्याइ त्रास फैलाएको आरोपमा अपराध महाशाखाको टोलीले उनीहरुलाई बुधबार राति नियन्त्रणमा लिएको हो ।

प्रारम्भिर अनुसन्धानका क्रममा देवेन्द्रको गुन्डा नाइके रमेश बाहुनसँग कनेक्सन देखिएको महाशाखाका प्रमुख, एसएसपी सहकुल थापाले जानकारी दिए ।

रमेश बाहुनसित मिलेर बरुण लामालाई गोली हानिएको घटनामा देवेन्द्रले ४ वर्ष जेल सजाय भोगेको महाशाखाले जनाएको छ ।

यस्तै अर्का आरोपी सुजन पनि राधेको केटा भनिने काजी शाक्यलाई खुकुरी हानेको घटनामा धादिङमा ७ र नुवाकोटमा ४ महिना सजाय भोगेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment