+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दिपायल सिलगढीका विद्यालयहरु एक साता बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २४ गते १८:३१

२४ पुस, डोटी । चिसो बढेसँगै डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका विद्यालयहरु एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयहरु शुक्रबारदेखि माघ १ गतेसम्म बन्द रहने निर्णय भएको जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु थापाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मौसम प्रतिकुलताका कारण चिसो अत्यधिक बढ्न गइ विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न तथा पठनपाठन गर्न अति कठिन भएकोले विद्यालय वन्द गर्ने निर्णय भएको छ ।’

सूचनामा चिसोका कारण बालबालिकाहरु बिरामी परेकोले विद्यालय बन्द गर्न केही विद्यालयबाट माग भएको कुरासमेत उल्लेख गरिएको छ । नगर क्षेत्रभित्रका विद्यालयहरु माघ २ गतेदेखि नियमित सञ्चालनमा आउने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?