
दीपक महर्जनको स्वर, किरण पहाडीको शब्द तथा संगीतमा तयार भएको ‘प्रेम गर्ने जन्तर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा एक यूवक प्रेम गर्ने जन्तरको खोजीमा लागेको भाव प्रकट गरिएबो छ ।
रोशन श्रेष्ठले निर्देशक गरेको भिडियोमा मोडल नाजिर हुसेन र सरुसा महर्जनले मोडलिङ गरेका छन् । महेन्द्र मिरौला र ब्रिहन्मान सुनवारको कोरियोग्राफी रहेको भिडियोमा हरि घलेको छायांकन छ भने सुरेश बाँडे यो भिडियोका सम्पादक हुन् ।
नायक नाजिर हुसेन पछिल्लो समय म्यूजिक भिडियोमा अभिनय गर्न बढी केन्द्रित छन् । उनको यो भिडियोलाई पनि दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4