Comments Add Comment

कसको शरीरमा कस्तो आभा मण्डल ?

देवी अथवा देवताको चित्रहरुको पछाडि देखिने गोलाकार प्रकाशलाई आभा मण्डल भन्ने नामले चिनिन्छ । वास्तवमा, आभा मण्डल हाम्रो शरीरको वरपर एउटा शक्ति घुमिरहेको हुन्छ । विज्ञानको भाषामा यसलाई इलेक्ट्रोनिक म्याग्नेटिक फिल्ड भनिन्छ । आभा मण्डल सजीव व्यक्तिहरुदेखि निर्जीव व्यक्ति, वस्तुहरुको पनि हुनसक्छ ।

धर्तीको पनि आभा मण्डल हुन्छ । चन्द्रमाको वरपर जसरी प्रकाश देखिन्छ, त्यो नै चन्द्रमाको आभा मण्डल हो । जसलाई ध्यानपूर्वक हेर्दा टाढासम्म गोलो देखिन्छ ।

आभा मण्डल विभिन्न रंगका हुन्छन्

हरेक व्यक्तिको आभा मण्डल भिन्दा-भिन्दै रंगको हुन्छ । जसले उनीहरुको व्यक्तित्व, स्व्ाभाव र उनीहरुको अन्वेषणको बारेमा थाहा हुन्छ । जैन धर्ममा यसलाई लेश्या भनिन्छ । जैन धर्म अनुसार ६ प्रकारका लेश्याहरु हुन्छ । कृष्ण, नील एवं कपोतलाई अशुभ मानिन्छ भने तेज, पद्म एवं शुक्ललाई शुभ मानिन्छ । विशेष गरेर आभा मण्डल बैजनी, नीलो, हरियो, पहेंलो, रातो, सेतो र रंगका हुन्छन् । यी रंगहरु कहिल्यै एउटै स्थितिमा हुँदैनन् ।

नकारात्मक र सकारात्मक आभा मण्डल

जुन मानिसहरुमा आफ्नो विचार र कर्मद्वारा नकारात्मक भएको छ । उनीहरुसँग बस्नु अथवा उनीहरुसँग भेटघाट गर्नाले मात्र पनि राम्रो मानिसको पनि राम्रो हुँदैन । हामी कहिलेकाहीँ कुनै व्यक्तिसँग भेट्दा आत्मिक शान्तिको अनुभव गर्छौं भने कोहीसँग भेट्दा कति खेर छुटौं भन्ने लाग्छ । त्यस्तो हुनुको पछाडि उनीहरुमा धेरै नकारात्मक उर्जा हुन्छ । विशेष गरेर अपराधी र कुविचारहरु भएका मानिसको आभा मण्डल नकारात्मक अर्थात् कालो, धमिलो, गाढा नीलो रंगको हुन्छ । धेरै गाढा रातो रंग पनि नकारात्मक हुन्छ ।

यी तीन तरिकाले आभा मण्डललाई ठिक गर्न सकिन्छ

आफ्नो अगाडि धुनी जगाउनु

तपाइर्ंले प्रायः देख्नु भएको होला बाबाहरुले आफ्नो कुटीमा धुनी जगाएका हुन्छन् र त्यसलाई ताप्छन् । त्यसो गर्दा आभा मण्डल ठिक र शुद्ध हुन्छ । त्यो आभा मन्डललाई भौतिक रुपले ठिक गर्ने प्रक्रिया पनि हो । तपाईं आगो अगाडि ढाड फर्काएर बस्नुहोस् र केही समयको लागि ढाड सेक्नुहोस् । त्यस्तो कार्य कम्तिमा ४३ दिनसम्म गर्नुपर्छ । हामी कुनै मूर्तिको अघि आरती किन गर्छौं भन्ने कुरा धेरैलाई ज्ञान नहुन सक्छ । वास्तवमा आरती गर्ने व्यक्तिलाई नै आरतीको लाभ प्राप्त हुन्छ ।

पाँच मिनेटका लागि ध्यान

प्रतिदिन उचित स्थान र वातावरणमा आसन लगाएर पाँच मिनेटका लागि ध्यान गर्नुपर्छ । ध्यान गर्दा कुनै पनि प्रकारका अनावश्यक अथवा नकारात्मक विचारहरुलाई त्यागेर पूर्णरुपमा शान्त रहेर आफ्नो श्वासको आवागमनमा ध्यान दिनुपर्छ । तपाईंले त्यसलाई कम्तिमा ४३ दिनसम्म गर्नुपर्छ । यदि तपाईं ध्यान गर्न जान्नु हुन्न भने प्रार्थना गर्नुपर्छ ।

घरको वास्तु सुधार्नुपर्छ

यदि घर नकारात्मक दिशा तिर छ अथवा घरमा नकारात्मक वस्तुहरु छन् भने यी समस्याहरुलाई टाढा राखेर घरको रंगरोगन परिर्वतन गर्नुपर्छ । घरमा पहेंलो, सेतो, गुलावी र हल्का नीलो रंगको उपयोग गर्नुपर्छ । तीनै रंगहरुका बस्त्र, पर्दा, तन्ना र तकियाको खोल आदि राख्नुपर्छ । घरलाई पूर्णरुपमा वास्तु अनुसार बनाउनु र सजाउनुपर्छ ।

यदि तपाईंको आभा मण्डल सही छ भने सबैकुरा सही हुन्छ । तपाईंको भाग्य, तपाईंको ग्रह, नक्षत्र र तपाईंको भविष्य सबैमा सुधार आउँछ । सही प्रकारको आभा मण्डलले जीवनको हरेक क्षेत्रमा सफलताले तपाईंको पाइला चुम्नेछ । जीवनमा त्यही व्यक्तिले धेरै प्रगति गर्छ । जसको आभा मण्डल शुद्ध र सशक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment