Comments Add Comment

प्रहरी हवल्दारद्वारा कन्चटमा गोली हानेर आत्महत्या

२७ पुस, जाजरकोट । जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

कठायत हालैमात्र डोल्पाबाट काजमा जाजरकोट आएका थिए । उनी घुमुवा प्रहरीको रुपमा कार्यरत थिए ।

उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

उनले भने, ‘जिल्लाबाट इन्सपेक्टरको कमाण्डमा टोली पठाएका छौं, त्यो टोलीले छानबिन गरेपछि आत्महत्याको कारण खुल्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment