Comments Add Comment

प्रदेश ३ को राजधानी धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत

२७ पुस, हेटौंडा  । प्रदेश ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव अत्याधिक मतका साथ अस्वीकृत भएको छ ।

प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो ।  प्रदेश ३ को प्रदेशसभा बैठकमा आइतबार बिहान भएको मतदानमा यो प्रस्ताव अस्वीकृत भएको हो ।

प्रदेश ३ प्रदेशसभाका ११० मध्ये उपस्थित १०४  सांसद मतदाननमा सहभागी थिए । जसमा ३ जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरे । नेकपा, कांग्रेस, नेमकिपा, राप्रपा सयुक्त र राप्रपाका सांसद भने धुलिखेल बनाउन नहुने पक्षमा उभिए ।

अहिले राजधानी हेटौंडा कायम गर्नेबारे मतदान प्रक्रिया भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment