+
+
Shares

नेकपामा सभामुखको कुरा मिलेन, प्रतिनिधिसभा बैठक फेरि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १२:२१

२७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ ।

सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।

तर, कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई  पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?