+
+
Shares

यस्तो छ ‘तान्हाजी र छपाक’को व्यापार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १३:०८

बक्स अफिसमा शुक्रबारदेखि रिलिजमा आएका दुई बलिउड चलचित्रले सुखद व्यापार गरेका छन् । नायक अजय देवगणको ऐतिहासिक कथामा बनेको चलचित्र ‘तान्हाजी’ले २ दिनमा ३५ करोडको व्यापार गरेको छ ।

शुक्रबार १५.१० करोडको व्यापार गरेको चलचित्रले शनिबार २०.५७ करोडको व्यापार गर्यो । चलचित्रको वर्ड अफ माउथ सुखद छ । यसैले पनि चलचित्रको व्यापारमा उछाल देखिएको हो ।

चलचित्र हेर्ने दर्शक र समिक्षकले यसलाई उत्कृष्ट भनेका छन् । यस्तै, शुक्रबार नै रिलिजमा आएको चलचित्र ‘छपाक’को व्यापार पनि सुखद छ । यो चलचित्रले शुक्रबार ४.७७ करोडको व्यापार गर्यो । शनिबार चलचित्रको व्यापार ६.९० करोडको छ । दुई दिनमा चलचित्रले ११.६७ करोडको व्यापार गरेको छ ।

मेग्ना गुल्जारको निर्देशनमा बनेको यो चलचित्रमा नायिका दीपिका पादुकोणको मुख्य भूमिका छ । यो चलचित्रले एसिड पीडित एक यूवतीको कथामा तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?