Comments Add Comment

नदीजन्य सामग्रीको दोहनबारे सरकारले अध्ययन गर्ने

२७ पुस, काठमाडौं । देशभर भइरहेको नदीजन्य सामग्रीको वैध र अवैध रुपमा भइरहेको दोहनबारे सरकारले अध्ययन गर्ने भएको छ ।

निर्माण सामग्रीका लागि नदीमा मात्र निर्भर रहँदा त्यसले उत्पन्न समस्या र दोहनबारे विस्तृत अध्ययन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

मन्त्रालयका भावी योजनाबारे जानकारी गराउन आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भट्टले सो जानकारी गराएका हुन । शुक्रबार मात्र नदीजन्य सामग्रीको दोहनको विरोध गर्दा धनुषामा एक युवकको हत्या भएको थियो । सोही घटनाले मन्त्रालयलाई यस्ता उद्योगको अध्ययन गर्न प्रेरित गरेको हो ।

मन्त्री भट्टका अनुसार अब नदीमा मात्र निर्भर रहेको निर्माण सामग्रीको आपूर्ति अब खानीतर्फ केन्द्रित गर्ने तयारी छ । त्यसका लागि खानी विभागले पहिचान गरेका १४ जिल्लाका ९१ स्थानबाट निर्माण सामग्रीको उत्खननमा निजी क्षेत्रलाइ सहभागी गराउन बोलपत्र आह्वान गर्ने तयारी मन्त्रालयले गरिरहेको छ ।

सरकारले यसवर्ष बजार अनुगमनलाई तीब्र बनाउने पनि भट्टले जानकारी दिए । चालू आर्थिक वर्षभित्र काठमाडौंमा रहेका सबै पेट्रोल पम्पको अनुगमन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment