+
+
Shares

नेपाललाई चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १६:४२

२७ पुस, काठमाडौं । नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ ।

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको हो ।

वाणिज्य सचिव डा.सचिव बैकुण्ठ अर्यालले दिएको जानकारीअनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न सक्नेछ ।

यस्तै रसुवा र तातोपानी नाकासहितका ६ नाका व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पनि बाटो खुलेको छ । हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसंग ब्यापार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा दर्ता भएका सवारी साधन अनुमति लिएर सिगात्सेसम्म जानसक्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?