+
+
Shares

दिलीप हत्या प्रकरण : ढल्केवरका प्रहरी निरीक्षक जिल्ला तानिए

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १७:५८

२७ पुस, काठमाडौं । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन् । यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएको हो ।

हालसम्म ढल्केवरमा नयाँ प्रहरी निरीक्षक पठाइएको छैन । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार दिलिप महतो हत्या प्रकरणको गम्भीरतालाई मनन् गरेर यादवलाई जिल्ला तानिएको हो ।

प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले यादवको नियमित सरुवा भएको दाबी गरे । पीडित परिवारले यादव क्रसर व्यावसायीसँग मिलेको आरोप लगाएका थिए ।

धनुषाको मिथिला–५ स्थित औरही खोलामा जथाभावी तरिकाले नदी उत्खनन् गरी बालुवा, गिट्टी झिकिएको विषयलाई रोक्न रोक्दा शुक्रबार महताको हत्या भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले रडले घोचेर खोलामा सुताएपछि महतोलाई टिपरले किचेर मारिएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?