Comments Add Comment

सुदूरपश्चिममा प्रदेश र स्थानीय तह भिडियो कन्फ्रेन्समार्फत जोडिँदै

२७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभासँग अब प्रदेशका स्थानीय तहहरू पनि जोडिने भएका छन् । युएनडीपीको सहयोगमा सुदूरपश्चिम प्रदेशसभा र प्रदेशका ९ वटै जिल्लामा भिडियो कम्फ्रेन्सका लागि उपकरण जडान गरिएको हो ।

प्रदेशसभा र स्थानीय तहबीच समन्वय र छलफलका लागि भिडियो कन्फ्रेन्स सुरु गर्न लागिएको सभामुख अर्जुनबहादुर थापाले बताए । ‘संसदीय गतिविधिको विषयमा जानकारी दिन र लिनको लागि यो काम गरिएको हो’ उनले भने, ‘कुनै विधेयकमा स्थानीय तहका जनप्रतिनिधिको विचार बुझ्न पनि यसले सहयोग गर्ने छ ।’

यसले कानुन निर्माणका सवाल जनताको माझमा पुर्‍याउन सजिलो हुने सभामुख थापाले बताए ।

राजधानी रहेको कैलालीबाहेक प्रदेशका अरु जिल्लाका समन्वय समितिमा यो प्रविधि जडान गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कैलालीमा भने टीकापुर नगरपालिकामा जडान गरिएको छ ।

प्रदेश सभा र जिल्ला समन्वय समिति एउटै परिसरमा रहेका कारण यसैबाट काम हुने प्रदेश सभा सचिवालयको भनाइ छ ।

प्रत्यक्ष प्रशारणको तयारी

प्रदेशसभाले आगामी माघ ६ गते देखि सुरु हुन लागेको हिउँदे अधिवेशनको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ । प्रत्यक्ष प्रसारणको लागि आवश्यक प्रविधि पनि जडान गरिएको छ ।

प्रदेश सांसदको टेबुलमा डिजिटल माइक र रेकर्डिङ सिस्टम पनि स्तरोन्नति गरिएको छ । प्रदेशसभा हल, मिडिया सेन्टर र आफ्नो कार्यकक्षमा डिस्प्ले जडान भएको सभामुख थापाले जानकारी दिए ।

प्रदेशसभामा मिडिया सेन्टर पनि स्थापना गरिएको छ । आगामी दिनमा विषयगत समितिको बैठक हल निर्माण गरी माइक र रेकर्डिङ सिस्टमको व्यवस्था मिलाउने तयारी भइरहेको सभामुख थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment