+
+
Shares

पृथ्वी जयन्तीमा राप्रपाको चियापान

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते २०:१४

२७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौंमा चियापान कार्यक्रम राखेको छ । चियापान कार्यक्रममा मन्त्री, विभिन्न राजनीतिक दलका नेता, कर्मचारी, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए ।

राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको छ । उसले यसै दिन पारेर हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । चियापान कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरे ।

विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेपनि अहिले सबै राजनीतिक दल र नेताले अहिले सकारात्मक रुपमा लिएका भन्दै उनले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रुपमा मनाएर विदा दिन सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीलाई आग्रह गरे ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावल, सुवास नेम्वाङ, नेपाली कांग्रेसका गोपालमान श्रेष्ठ, राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वकर्मचारी, पूर्व सैनिक तथा प्रहरी र विदेशी कुटनीतिज्ञ चियापान कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?