Comments Add Comment

अगुएरोको दुई कीर्तिमानमा म्यानचेष्टर सिटीको शानदार जित

२८ पुस, काठमाडौं । सर्जियो अगुएरोले कीर्तिमानी ह्याट्रिक गर्दा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एस्टन भिल्लामाथि फराकिलो जित हात पारेको छ ।

गएराति भएको खेलमा साविक विजेता सिटीले भिल्लालाई ६–१ ले पराजित गरेको हो ।

सिटीको जितमा ह्याट्रिक गरेका अगुएरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने कीर्तिमानसँगै लिगमा सर्वाधिक गोल गर्ने इंग्ल्याण्ड बाहिरिका खेलाडीसमेत बने ।

सिटीका लागि रियाद महारेजले दुई तथा गाएिल जेससेल एक गोल गरे । एस्टन भिल्लाका अनवर एल घाजीले एक गोल फर्काए ।

२८ औं मिनेटमा पहिलो गोल गरेका अगुएरोले ५७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै थिएरी हेनरीको कीर्तिमान तोडे ।

हेनरीले प्रिमियर लिगमा १ सय ७५ गोल गरेका छन् । अगुएरोले भिल्लाविरुद्ध दुई गोल गर्दै प्रिमियर लिगमा इंग्ल्याण्ड बाहिरबाट सर्वाधिक गोल गर्ने कीर्तिमान तोडे ।

८१ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका अगुएरोले एलान सिररको कीर्तिमान तोडे । प्रिमियर लिगमा अगुएरोको यो १२ औं ह्याट्रिक हो । सिररले ११ ह्याट्रिक गरेका छन् ।

अगुएरोले कीर्तिमान तोड्नुअघि सिटीका लागि खेलको १८ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २४ औं मिनेटमा हारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए। यस्तै, पहिलो हाफको इन्जुरी टाइममा जेससले गोल गरेका थिए ।

भिल्लाका लागि घाजीले इन्जुरी टाइममा पेनाल्टीमा एक गोल फर्काए ।

जितपछि म्यानचेष्टर सिटी प्रिमियर लिगमा लेस्टरलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ ।

सिटीले २२ खेलबाट ४७ अंक जोडेको छ । समान खेलबाट लेस्टरको ४५ अंक छ ।

सिटी अझै लिग लिडर लिभरपल भन्दा १४ अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुलको ६१ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment