Comments Add Comment

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

२६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो । सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’

स्रोतका अनुसार स्वास्थ्यका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन सकेका थिएनन् । यद्यपि उनकै सहमतिमा निर्णय भएको नेताहरुले बताएका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे बि्रफिङ गरेका थिए । नेकपाका अध्यक्षद्धयसँग भएको भेटमा तुम्बाहाम्फलेे आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी थिइन् ।

सचिवालय बैठकमा नेताहरुले उपसभामुखको अडान उपयुक्त नभएको धारणा राखेका थिए ।

तर सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment