
२७ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । त्यसैगरी प्रयोगशाला परीक्षण गर्ने कर्मचारीलाई पनि झिकाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । अदालतले बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश अदालतले दिएको छ ।
संसद सचिवालयकी महिला कर्मचारीले महरामाथि आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् । तर पछि उनले अदलालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको भनी बयान दिएकी थिइन् ।
उक्त मुद्दमा अदालतको आदेशमा महरा हाल पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया 4