२७ पुस, काठमाडौं । थ्रीस्टार क्लबलाई हराउँदै फ्रेन्डस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा फ्रेन्डसले थ्रीस्टारलाई १- ० ले पराजित गरेको हो ।
फ्रेन्डको जीतमा विदेशी खेलाडी वांगर डे कार्नोले १३ औं मिनेटमा गोल गरे । पाँच खेलसम्म जीतविहीन रहेको फ्रेन्डस क्लब जीतसँगै रेलिगेसन क्षेत्रबाट बाहिर निस्केको छ । उसले खेलेका ६ खेलमध्ये एउटामा जीत, दुईवटामा बराबरीको नतिजा निकालेको छ भने ३ खेलमा पराजय ब्यहोरेको छ ।
पराजयपछि थ्रीस्टार क्लब भने ६ खेलबाट १० अंकसहित लिगको चौथो स्थानमा छ ।
प्रतिक्रिया 4