Comments Add Comment

ए डिभिजन लिगमा आज २ खेल, पुलिससँग एनआरटी र च्यासलसँग एपीएफ भिड्दै

२८ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज छैटौं चरणका दुई खेल हुँदैछ । पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एनआरटीसँग खेल्नेछ । खेल १२ बजे सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा अर्को विभागीय टोली एपीएफले च्यासल युथ क्लबसँग खेल्नेछ । खेल ३ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

चारै टोलीको लक्ष्य अंक तालिकामा सुधार गर्नु हुनेछ । ५ खेलबाट ८ अंक जोडेको पुलिस छैटौं स्थानमा छ भने समान खेलबाट एनआरटी ५ अंकसहित नवौं स्थानमा छ । आजको खेलमा जित हात पारे पुलिस चौथो स्थानमा उक्लेछ भने एनआरटी सातौं स्थानमा उक्लनेछ ।

यस सिजन पुलिसले दुई खेलमा जित हात पार्दा दुई खेल बराबरी खेलेको थियो । यस्तै एक खेलमा भने हार व्यहोरेको थियो । उता एनआरटीले पनि दुई खेलमा जित हात पार्दा एक खेल बराबरी गरेको थियो भने दुई खेलमा हार बेहोरेको थियो । तर गत सिजन नन रेलिथेसन लिगमा अन्तिम भएकोले एनआरटीले यस सिजन दुई अंक ऋण तिरेकोले ५ अंक मात्र भको हो ।

आजको खेलमा पुलिसका तेज तामाङ तथा एनआरटीका आन्द्रे बिक र सरोज तामाङ दोहोरो पहेँलो कार्डका कारण खेल्ने छैनन् ।

यसैगरी च्यासल ५ खेलबाट ५ अंकसहित दशौं स्थानमा छ भने ४ अंकसहित एपीएफ १३ औं स्थानमा छ अन्तिम स्थानको सरस्वतीभन्दा एपीएफ ३ अंकले अगाडि छ ।

च्यासल र एपीएफ दुवैले एक–एक खेल जितेका छन् । यस्तै च्यासलले दुई खेल बराबरी खेल्दा एपीएफले एक खेल बराबरी खेलेको थियो । च्यासले दुईमा हार बेहोरेको छ भने एपीएफले तीन खेलमा हार व्यहोरेको छ ।

६ खेल खेलिसकेको मछिन्द्र क्लब १३ अंक जोड्दै शीर्ष स्थानमा छ । एक खेल कम खेलेको आर्मी १२ अंकसहित दोस्रो स्थानमा छ । आर्मीले छैटौं चरणको अन्तिम खेलमा संकटासँग मंगलबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment