Comments Add Comment

अस्ट्रेलियामा नयाँ शैलीमा सांगीतिक कार्यक्रम हुँदै

सिड्नी । अस्ट्रेलियामा नयाँ अवधारणाको सांगीतिक कार्यक्रम हुने भएको छ । अस्ट्रेलियामा क्रियाशील संस्थाहरु सोलान्चार, गुठी अस्ट्रेलिया र पोखरा समाज अस्ट्रेलियाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमबारे भिडियो संदेश पठाउँदै कन्दरा ब्याण्डका विवेक श्रेष्ठले आजभोलि प्रवासमा आयोजना हुने विभिन्न नेपाली सांगीतिक कार्यक्रमको स्तर घटिरहेकोले आफूले नयाँ सोचाइ अगाडि ल्याएको बताए ।

उनले नेपाली संगीत, कलाकार र दर्शक सबैको सम्मान हुने गरी नयाँ सोचाइ अगाडि ल्याएको दाबी गरेका छन् । सांगीतिक कार्यक्रमको दर्शक तथा कलाकारको छुट्टै ड्रेस कोड पनि हुने बताउँदै ठीक समयमा कार्यक्रम सुरु हुने र ठीक समयमा समापन हुने उनको भनाइ छ ।

उनले कलाकारले आफ्ना सिर्जना मात्रै होइन उसलाई मन पर्ने नेपाली गीतहरु पनि गाइने भन्दै त्यो अघिल्लो पुस्ताप्रतिको पनि सम्मान हुने बताए ।

अस्ट्रेलियाका विभिन्न सहरमा हुने यो कार्यक्रम शृंखलाको नाम ‘यूफोनिक, क्लोज टु माइ हार्ट ‘ राखेका छन् ।

सिड्नी शृंखलाको ब्यबस्थापनको जिम्मेवारी लिएका गुठी अस्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठले नेपाली सांगीतिक क्षेत्रको उच्च सम्मान हुने फरक सोचाइको कार्यक्रम ब्यबस्थापन गर्न पाउनु खुशीको कुरा  भएको भन्दै कार्यक्रम निकै भब्य, सभ्य र अनुशासित हुने बताए ।

सिड्नी कार्यक्रमको सहयोगी संस्था पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारीले आफूहरु सबै नेपाली सामुदायिक संस्थाहरुलाई यस्तो कार्यक्रमको सहयोगी बन्न अनुरोध गर्ने बताए ।

आगामी फेब्रुअरी १५ साँझ ६ बजे सिड्नीको वेज्ली कन्फेरेन्स सेन्टरमा यो कार्यक्रम हुने छ । झन्डै सात सय जनाको क्षमता भएको हलमा साना बच्चाहरुलाई ल्याउन पाइने छैन र स्मार्ट वा औपचारिक पोशाक दर्शकका लागि पनि अनिवार्य गरिएको छ । ‘यो संगीतको सम्मान हो, कार्यक्रमा अनुशासनको परिचय हो ‘ आयोजक मध्यका एक विश्वास श्रेष्ठले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment