+
+
Shares

‘पुरुष कलाकार आर्थिक शोषणामा परेका छन्’: रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १७:०८

नायिका रेखा थापाले चलचित्र क्षेत्रमा आउँदै गरेका पुरुष कलाकार आर्थिक रुपमा शोषित भएको बताएकी छिन् । काठमाण्डौमा आयोजना भएको संचारकर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन समारोहमा बोल्दै रेखाले भनिन्–‘यो पुस्तकले महिलाहरुमाथि हुने नियतको बिषयमा बोलेको छ । महिला यौन हिंसामा परेका होलान् । तर, पुरुष पनि यो क्षेत्रमा पीडित छन् । चलचित्र क्षेत्रमा आउँदै गरेका पुरुषहरु आर्थिक रुपमा शोषित भएका छन् । म यो बिषयमा पनि पुस्तक बजारमा आओस् भन्ने चाहन्छु ।’

रेखाले आफूमाथि भएको शोषणको बिषयमा महिलाहरुले खुलेर कुरा गर्न नसक्ने अवस्था आउनुको पछाडि त्यसको प्लेटफर्म तयार नभएर पो हो कि भन्ने तर्क गरिन् । रेखाले भनिन्–‘एउटा पुरुषले संघर्ष गर्दा सुरक्षाको चुनौती हुँदैन । तर, एउटा महिलाले काम गर्दै जाँदा उसलाई थुप्रै प्रकारका सुरक्षा चाहिन्छ ।’

रेखाले कार्यक्रममा भनिन्–‘एउटा धनाढ्य मानिसले आफ्नी छोरी वा छोरालाई चलचित्रमा गएर काम गर भन्न सक्दैन । तर, उसैले चलचित्रमा काम गर्ने महिला वा पुरुषको नियतमाथि प्रश्न उठाउँछ ।’
रेखाले आफूले महिलालाई ‘उत्पीडन’को रुपमा भन्दा पनि ‘हिरो’को रुपमा हेर्न चाहेको बताइन् ।

रेखाले पुरुषलाई पनि महिलाले विभिन्न तरिकाबाट हिंसा गरेको बताइन् । उनले भनिन्–‘म महिलावादी भएपनि पुरुषको बिषयमा पनि वकालत गर्न चाहन्छु । पुरुष र महिला भनेर छुट्याउनु भन्दा पनि ‘मानव’को रुपमा विश्लेषण गर्नुपर्छ ।’

संचारकर्मी डीवी खड्काको पुस्तकको विमोचन नायिकाहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी वर्देवाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?