Comments Add Comment

मुसर्रफलाई सुनाइएको मृत्युदण्ड ‘रद्द’

काठमाडाैं । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए ।

फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । एडिसनल अटर्न जनरल इस्तियाक ए. खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ ।

गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो ।

उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ । धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने अदालतको ठहर छ ।

अभियुक्तको अनुपस्थितिमा उसको बहस गर्नु गैरइस्लामी, गैरकानुनी र असम्वैधानिक भएको उच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment