Comments Add Comment

१ माघबाट जनकपुरमा श्री एयरले उडान थाल्ने

२८ पुस, काठमाडौं । श्री एयरलाइन्सले १ माघबाट जनकपुरमा उडान थाल्ने भएको छ । उडानको तयारी पुरा भएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

उनका अनुसार दैनिक १ उडान जनकपुरमा हुने भएको छ । यस गन्तब्यमा न्यूनतम ३४ सय रुपैयाँबाट अधिकतम ४३ सय रुपैयाँमा टिकट बिक्री गरी श्रीले उडान थाल्न लागेको हो ।

जनकपुरमा उडान बिस्तार गर्ने श्री तेस्रो वायुसेवा बनेको छ । यसअघि यहाँ यति एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन् । जनकपुर श्री एयरलाइन्सको ८ औं गन्तब्य हो ।

निकट भविष्यमा काठमाडौंबाट सिमरामा उडान बिस्तारको तयारी कम्पनीले गरेको छ । त्यसपछि काठमाडौं–पोखरा रुटमा भने श्रीको उडान विस्तार हुने भएको छ । श्री एयरले अहिले भद्रपुर, राजविराज, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment