Comments Add Comment

धोबीखोला किनारमा बन्ने भयो ‘बाजेबज्यै पार्क’

२८ पुस, काठमाडौं । सरकारले काठमाडौंको धोबीखोला किनारमा ‘बाजेबज्यै पार्क’ बनाउने भएको छ । यो नमुना पार्क आगामी जेठसम्म बनाइसक्ने शहरी विकास मन्त्रालयको दाबी छ ।

सोमबार मन्त्रालयको कार्यभार सम्हालेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले धोबीखोला किनारमा रहेको खोली जग्गामा पार्क बनाउने बताए । उनले भने, हामीसँग जग्गा छ, ७/१० दिनमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्नेछ ।’

उनकाअनुसार पार्कमा नुहाउने, खाना तथा औषधि खुवाउने नर्सिङ सेवा समेत उपलब्ध हुनेछ । शारीरिक अध्यासका लागि उपकरण पनि हुनेछ । मन्त्री बास्कोटाले भने, ‘उनीहरुलाई परिवारका सदस्यले ल्याएर छोड्छन् र उनीहरुले नै लिन आउँछन् । त्यो अवधिमा निश्चित शुल्क दिएर हेरविचार गरिनेछ ।’

मानिसहरुको व्यतस्ता बढेको र चाहेर पनि आमाबुवा तथा सासु ससुरालाई हेर्न नसक्ने अवस्था आएकाले वस्तीहरुमा यस्तो पार्क बनाउनुपर्ने मन्त्री बाँस्कोटाले बताए ।

उनले युवायुवतीलाई मनोरञ्जनका लागि युवा लक्षित पार्क निर्माण गर्र्ने योजना समेत सुनाए । यस्तो पार्कमा सांगीतक समूहहरुको प्रस्तुती हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment