Comments Add Comment

यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ?

ग्याष्ट्रिक, जसलाई हामी राष्ट्रिय रोग भन्ने गर्छौ । अर्थात अधिकांश नेपालीको साझा रोग हो यो । ग्याष्ट्रिकलाई हामी उस्तो ख्याल गर्दैनौ । हाम्रो खानपान शैली र खानाको प्रकृति ग्याष्ट्रिकको कारण बन्ने गर्छ ।

जब ग्याष्ट्रिकको निदान खोजिदैन, त्यसले अर्को रोग निम्त्याउँछ । रोग हो, अल्सर । पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ । चिकित्सकिय भाषामा यसलाई पेप्टिक अल्सर वा गैस्टि्रक अल्सर पनि भन्ने गरिन्छ ।

साधारणतयाः आहार, तनाव तथा पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर हुने गर्छ ।

अल्सर प्रायः हेलिकोबैक्टर पाइलोरी नामक संक्रमणका कारण हुने गर्छ । पेटमा अल्सर भएमा पेट वा आन्द्राको सुरक्षात्मक परक टुट्न थाल्छ। अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना पनि बढी रहन्छ ।

लामो समयसम्म एन्टीबायोटिक्सको प्रयोग, पेनकिलर तथा स्टेराइडको औषधीको सेवन बाहेक मदिराको सेवनका कारण पेप्टिक अल्सर हुने गर्छ । अल्सर भएमा कसैलाई यसको लक्षण छिटै देखा पर्छ भने कसैलाई अल्सर भईसक्दा पनि यसको लक्षण देखा पर्दैन ।

कसरी थाहा पाउने ?

अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्ने गर्छ । अल्सर गम्भीर भइसक्दा पनि समयमै यसको उपचार नभएको खण्डमा यसले आन्तरिक रक्तश्राव गर्नुका साथै अन्य समस्या समेत निम्त्याउन सक्छ ।
त्यसबाहेक , यी संकेत देखिएमा पनि अल्सर भएकेा हुनसक्छ ।

पेटमा जलन

खाना खाने १ वा २ घण्टा पछि वा रातको सममा पेटको माथिल्लो भाग वा बीचमा लजन महसुस हुन्छ भने यो अल्सरको संकेत हुन सक्छ ।

वान्ता हुने

बारम्बार बान्ता हुनु वा वाकवाकी लाग्नु पेटको अल्सको संकेत हुनसक्छ ।

पेट फुल्नु

अक्सर पेट फुल्ने समस्या अल्सरको निशानी हुने गर्छ ।

छातीमा जलन

पेटमा मौजुद एसिड अन्ननलीमा आएर बसिदिन्छ । यसले गर्दा छातीनेरतेज जलन महसुस हुने गर्छ । यो पनि अल्सरको संकेत हुनसक्छ ।

पेट घोच्नु

खाना खाएको १ वा २ घण्टा पश्चात्त वा रातको समयमा पेट घोचेको महसुस भएमा त्यो अल्सरको संकेत हुनसक्छ ।

दिशाको रङ्ग

लामो समयसम्म गाढा वा कालो रङ्गको दिशा भइरहेमा त्यसलाई नजरअन्दाज नगरौ । यो अल्सरका कारण हुने व्लिडिङ्गका कारण हुनसक्छ ।

रगत वान्ता

वान्तामा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ ।

तौल घट्नु

अचानक वजन घटेमा वा खाना खादाखादै पनि वजन घट्नु े अलसरको संकेत हुनसक्छ ।

पेट दुख्नु

अक्सर पेट दुखिरहनु वा केही खाए लगत्तै पटे बेस्सरी दुख्नु अक्सरका संकेत हुनसक्छ ।

छिटो भोक लाग्नु

विना कारण बारम्बार भोक लाग्नु अल्सरको संकेत हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment