 
																			नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ले बक्स अफिसमा सोमबारदेखि दम तोडेको छ । सोमबार २ करोडको हारहारीमा चलचित्रले कमाई गरेको छ । बक्स अफिसमा यो चलचित्र असफल हुने पक्का देखिएको छ ।
दीपिका चलचित्र रिलिज अगाडि दिल्लीको जहवारलाल नेहरु विश्वविद्यालयका विद्यार्थीलाई भेट्न पुगेकी थिइन् । योसँगै उनी विवादमा तानिइन् र उनको चलचित्र बहिष्कारको अभियान समेत चल्यो । बक्स अफिसमा बहिष्कार अभियानको असर देखिएको छ ।
यसैविच, योग गुरु रामदेवले नायिका पादुकोणलाई नयाँ सल्लाहा दिएका छन् । उनले भने–‘दीपिकाले राजनीतिक र सामाजिक बिषयमा कुनै ठूलो निर्णय लिनु अगाडि वुझ्न जरुरी छ । उनले, म जस्ता व्यक्तिलाई सल्लाहाकारको रुपमा राख्न जरुरी छ जसले उनलाई सही सल्लाहा दिउन् ।’
रामदेवले भने–‘चलचित्रमा अभिनय गर्नु र राजनीतिक बिषयमा अगाडि सर्नु फरक कुरा हुन् । दीपिकाले पहिला सामाजिक, राजनीतिक र सांकृतिक बिषयमा वुझ्न आवश्यक र देशको राजनीतिक अवस्थालाई नियाल्न जरुरी छ ।’
रामदेवले भारतको सरकारले ल्याएको नागरिकता संसोधन विधेयकमा आफ्नो पूर्ण समर्थन रहेको सुनाए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4