Comments Add Comment

उत्तरी सीमामा सशस्त्र प्रहरीले पहिलो पटक राख्यो बीओपी

२९ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलले उत्तरी सीमामा पहिलो बोडर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । संखुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा बीओपी स्थापना गरिएको हो ।

पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले मंगलबार संयुक्त रुपमा बीओपी उद्घाटन गरे ।

बीओपी स्थापनाका लागि सोमबारै पूर्वक्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहेको एउटा टोली हेलिकोप्टरबाट किमाथाङ्कासम्म पुगेको थियो । स्थानीयको दुई तले घर भाडामा लिएर हाल बीओपी सञ्चालन गरिएको छ ।

सदरमुकाम खाँदबारीबाट १ सय १० किलमिटर टाढा र नेपाल–चीन सीमाबाट १ किलोमिटर नजिक बीओपी राखिएको जनाइएको छ । योसँगै सशस्त्र प्रहरीको बीओपी संख्या ११२ पुगेको छ ।

थप स्थानमा पनि बीओपी स्थापना गर्न गृहकार्य भइरहेको बताइएको छ । केही दिनअघि सरकारले सशस्त्र प्रहरी बलमा १ सय १४ नयाँ बिओपी स्थापना गर्ने निर्णय गरेसँगै किमाथाङ्कामा पनि बीओपी राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment