Comments Add Comment

तरुल र सखरखण्ड पनि भारतबाट आयात

पाँच महिनामा भारतबाट आयो साढे ३७ लाख किलो सख्खर

१ माघ, काठमाडौं । आज माघे संक्रान्ति पर्व । नेपालीहरु घिउ, चाकु, सख्खर, तरुल, तिलको लड्डु जस्ता परिकार खाएर यो पर्व मनाउँदै छन् । तर विडम्बना के भने चाड पर्वमा खाइने यस्ता परिकारहरुमा पनि नेपाल आत्मनिर्भर छैन ।

चालु आर्थिक वर्षको पाँच महिनामा ३७ लाख ४७ हजार ८९६ किलो सख्खर भारतबाट नेपाल भित्रिएको छ । उक्त आयातका लागि ५ करोड ८७ लाख रुपैयाँ नेपालबाट बाहिरिएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षमा नेपालले ३८ करोड रुपैयाँभन्दा धेरैको सख्खर आयात गरेको थियो ।

भन्सार विभागको विवरणअनुसार ४ करोड ४६ लाख १० हजार ३९४ किलो सख्खर नेपालमा भारतलगायतका मुलुकबाट भित्रिएको थियो । उक्त परिमाणको सख्खर किन्नका लागि नेपालबाट ३८ करोड ८९ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ ।

यस्तै तरुल र शखरखण्डमा पनि नेपालले भारतकै मुख ताक्नु पर्ने अवस्था छ । यस वर्ष पनि भारतबाट तरुल आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा यस वर्ष भित्रिएको २४२ टन शखरखण्डमध्ये ८० टन भारतबाट आयात भएको थियो । यस्तै भारतबाट पुस महिनाभरीमा ४२ टन तरुल काठमाडौं भित्रिएको छ ।

कालीमाटी बजारमा भित्रिएको १२ सय ९६ टन तरुलमध्ये सर्लाहीबाट ५ सय ५५ टन, धादिङबाट १५६ टन, नवलपरासीबाट १०२ टन, सुनसरीबाट १२१ टन, चितवनबाट ४२ टन, झापाबाट ४५ टन तथा गोरखाबाट २५ टन तरुल काठमाडौं भित्रिएकोे कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment