Comments Add Comment

८६ हजार घर पुनर्निर्माण गर्न विश्व बैंकद्वारा २३ अर्ब ऋण स्वीकृत

१ माघ, काठमाडौं । विश्व बैंकले थप ८६ हजार घरको पुनर्निर्माण गर्न ऋण सहयोग दिने भएको छ । विश्व बैंकबाट नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत भएको जनाएको छ ।

विश्व बैंकले भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरेको जानकारी दिएको छ ।  विश्व बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) संचालन गरिरहेको छ ।

परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गर्न लागेको हो । सन् २०१५ को भूकम्पबाट प्रभावित निजी आवासतर्फ थप ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि यो अनुदान उपलब्ध गराउने गरी विश्व बैंकले यो रकम उपलब्ध गराएको हो ।

भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुनेछ ।

नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका लागि कन्ट्री म्यानेजर स्वाराही रिडिहोले नेपाल सरकारको पुनर्निर्माणमा गरिरहेको काममा विश्व बैंकले साथ दिइरहेको उल्लेख गरेका छन् ।

विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घरको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।

सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनर्निर्माणमा साथ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment