Comments Add Comment

फेसबुकलाई पत्र लेख्दा नभेटिएका अभियुक्त यसरी समातिए

२९ पुस, काठमाडौं । चितवनको भरतपुर, विकास चोक बस्दै आएका २१ वर्षीय रविन सार्की भन्ने रुचालबाट परिवारका सदस्य आजित भइसकेका थिए । जतिवेलै फेसबुक चलाइरहने उनले कक्षा ११ पनि पास नगरी पढाइ छाडेका थिए ।

रुचालका काकाले प्रहरीसँग भनेका छन्, ‘जतिवेलै मोबाइलमा झुण्डिराख्थ्यो । कुन दिन के गर्ला र फसाउने भन्ने लाग्थ्यो । नभन्दै प्रहरी कार्यालयसम्म आउनुपर्‍यो ।’

रुचाल तिनै युवा हुन्, जसलाई प्रहरीले अघिल्लो वर्ष सार्वजनिक यातायातमा महिलाको कपालमा वीर्य स्खनल गरेको आरोपमा पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले रुचाललाई सोमबार साँझ चितवनबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लामो अनुसन्धानपछि उनलाई पक्राउ गरिएको थियो । रुचालविरुद्ध मंगलबार विद्युतीय अपराध ऐनअनुसार जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

यो पनि पढ्नुहोस सार्वजनिक यातायातमा किशोरी असुरक्षित

प्रहरीले अनुसन्धान थालेलगत्तै भारततिर…

रुचालले सार्वजनिक स्थानमा अपाच्य हर्कत मात्र गरेनन्, भिडियो पनि खिचेर ‘ट्रोलर’ फेसबुक च्याट ग्रुपमा अपलोड गरिदिए । ‘वुमनस् वारियर’ नामक सार्वजनिक फेसबुक ग्रुपमा पोष्ट गरिदिए । त्यसपछि गत वर्ष पुसमा भिडियो भाइरल बन्यो ।

उनले भिडियो भने साउनमा नै खिचेका थिए । युवाबीच अश्लिल कुराकानी र भिडियो आदनप्रदान हुने समूहपछि सार्वजनिक ग्रुपमा पनि  भिडियो हालेपछि महिला अधिकारकर्मीको नजर पर्यो र विरोध सुरू भयो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा, काठमाडौं प्रहरी परिसर, टेकुले पनि यसबारे छानविन थाल्यो । त्यसबेला तत्कालीन प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विज्ञप्ति नै जारी गर्दै भनेका थिए, ‘सवारीसाधानभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोमाथि सम्बन्धित इकाइबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।’

रुचाल भने प्रहरीले अनुसन्धान थालेको सुइँको पाउने वित्तिकै भारततिर भागेका थिए । ‘दिल्लीमा पुगेर उनले करिब तीन महिना मःमः बनाउने उद्योगमा काम गरेको खुलेको छ’, एसएसपी थापाले भने, ‘त्यसपछि कास्मिरमा गएर पनि ४ महिना बसेर पुनः चितवनस्थित आफ्नै घरमा आएको देखिएको छ ।’

यो पनि पढ्नुहोस बसभित्रै असुरक्षित भएको भन्दै युवतीहरु पुगे अपराध महाशाखा

फेसबुकदेखि अश्लिल साइटसम्मलाई पत्राचार

अपराध महाशाखाले भिडियो हाल्ने व्यक्तिको पत्ता लगाउने फेसबुक मुख्यालय, गुगल र अश्लिल चलचित्रसम्बन्धी एक साइटलाई पत्राचार गरेर सहयोग मागेको थियो ।

फेसबुकले मलेसियाबाट तथा पोर्नहबले अमेरिकाबाट भिडियो अपलोड भएको जानकारी पठायो भने गुगलले जवाफै फर्काएन । ‘त्यो विवरणले हामीले धेरै सहयोग नभए पनि नेपाली युवकले भीपीएन प्रयोग गरेर भिडियो हालेका रहेछन् भन्ने संकेत चाहिँ मिल्यो’, अनुसन्धान संलग्न एक प्रहरी निरीक्षक भन्छन् ।

अनुसन्धानका क्रममा रविन रुचाल नामको फेसबुक पेजबाट भिडियो शेयर भएको भेटियो । तर त्यो भिडियोलाई केही समयमै ‘निजी’ बनाइएको थियो । उनले आफ्नै फेसबुक खाताबाट भिडियो भाइरल नगरिदिन आग्रह पनि गरेका रहेछन् ।

‘दाइभाइ, माफ गर्नुहोला । जे भए पनि गल्तीले बनाए त । भाइरल नगर्नु न भिडियो । यो रमाइलो भिडियो मात्र हो’, उनले लेखेका छन् ।

रुचालमाथि निगरानीमा राखिरहेका वेला माफी मागेको पोष्ट आएपछि उनीमाथि प्रहरीको शंका झन् बलियो बनेर गयो । तर प्रहरी उनको मोबाइल नम्बर पत्ता लगाएर ‘ट्रेस’ गर्ने प्रयासमा थियो । त्यहीक्रममा रुचाल भारत पुगिसकेकाले उनीसम्म पुग्न प्रहरीलाई एक वर्ष लाग्यो ।

यो पनि पढ्नुहोस को हुन् सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक ?

भिडियो अपलोड मात्र गरेको दाबी

प्रहरी हिरासतमा रहेका रुचालले प्रारम्भीक बयानका क्रममा आफूले भिडियो अपलोड मात्र गरेको दाबी गरेका छन् । तर उक्त भिडियोमा देखिएको हातको खत र औंलाको प्रकृतिले उनी नै भिडियोमा देखिएको पुष्टि हुने जनाइएको छ ।

अनुसन्धान अधिकृतले भिडियो खिचिएको डल्लु क्षेत्रमा चल्ने गाडीका चालकसँग पनि बयान लिएको छ । उनले गाडीमा आउने सबै मानिसलाई चिन्न नसकिने बयान दिए भने पीडित महिलाले गाडीबाट झरिसकेपछि मात्र थाहा पाएको बताएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले भिडियो खिचिएका वेला घटनास्थल आसपास चलेका सयौं मोबाइल नम्बरको जाँच गरेको थियो । त्यसक्रममा आईटी इञ्जिनियरको सहयोगमा प्रहरी रुचालसम्म पुगेको हो । ‘अनुसन्धान जारी नै छ’, एसएसपी थापा भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment