Comments Add Comment

संसद सचिवालयको क्यान्टिनको खानामा साङ्ला !

१ माघ, काठमाडौं । मंगलबार बिहान सिंहदरबारस्थित संसद सचिवालयको क्यान्टिनमा खाना खाने क्रममा ग्राहकले साङला भेटाएका छन् ।

खानामा साङला भेटिएपछि उनले किन यस्तो भयो ? भन्दै आक्रोश पोखे । किचनवालाले गल्ति भएको स्वीकार गरिसकेका छन् ।

संसदीय समितिको चासो

संसद सचिवालयका कर्मचारीहरुले खाना खाने ठाउँमा फोहोर भएको गुनासो पटक-पटक आउने गरेको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले गत २ चैतमा सचिवालयका क्यन्टिनहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा क्यान्टिन फोहोर रहेको पाइएको भन्दै अर्काे अनुगमनमा समस्या दोहोरिए कारबाही गर्ने चेतावनी दिएको थियो । तर, समितिले दोहोर्‍याएर अनुगमन गरेको छैन् ।

अनुगमनका क्रममा भान्सामा सरसफाइको कमी देखिएको, कुहिएका गोलभेडा भेटिएको, पकाउने भाँडाकुँडादेखि बेसन फोहोर भएको भन्दै खानाको गुणस्तर सुधार्न र सरसफाइमा ध्यान दिन संसद सचिवालयलाई समेत निर्देशन दिएको हो ।

दिगो विकास समिति सचिवालयका कर्मचारी भन्छन्, ‘निर्देशन कार्यान्वयन नभएको भनेर गुनासो आएपछि महासचिवलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment