Comments Add Comment

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष र महाप्रबन्धकको झगडा मिल्यो

१ माघ, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रवन्धक सुवास सिटौलाबीच उद्योग मन्त्रालयमा मिलापत्र भएको छ । गत बुधबार कार्यकक्षको ढोकामै उनीहरुबीच हात हालाहाल भएको थियो ।

मन्त्रालयले हस्तक्षेप गरी विवाद सल्टाएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताए ।

‘दुबै पक्षलाई मिलेर काम गर्न भनेका छौँ, झगडा नगर्ने प्रतिबद्धता दुवै जनाले जनाएका छन्,’ उनले भने ।

औद्योगिक क्षेत्रकै बदनाम हुनेगरी कार्यालयमा झगडा गरेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र आफ्नो सक्रियतामा मिलापत्र गराइएको राज्यमन्त्री दुगडले बताए । अध्यक्ष तथा महाप्रवन्धक मन्त्रालयमा भएको दिनभरको छलफलपछि एउटै गाडीमा कार्यालय फर्किएका थिए ।

महाप्रबन्धकको उमेर उमेरहद कटेको भन्दै अध्यक्ष नन्दकिशोर बस्नेतले उनलाई कार्यालयमा हाजिर गर्न नदिएपछि दुई बीच झगडा एको थियो । विवाद समाधान भएर लिमिटेड नियमित सञ्चालनमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment