Comments Add Comment

भारतमा आत्महत्या गरेका वडाअध्यक्षको अन्त्येष्टि

३ माघ, बाँके । बुधबार भारतमा मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको अन्त्येष्टि गरिएको छ ।

बुधबार भारतको बहराइचस्थित शंकर होटलमा मृत अवस्थामा  भेटिएका उनको शव बिहीबार नेपाल ल्याइएको थियो । उनको शुक्रबार विहान अन्त्येष्टि गरिएको कोहलपुरका मेयर लुटबहादुर रावतले जानकारी दिए ।

खड्का रहेको होटलको कोठामा २२ पाना लामो ‘सुसाइड नोट’ भेटिएको छ । मेयर रावतले अनलाइनखबरलाई बताएअनुसार नोटमा खड्काले आर्थिक समस्यामा फसेको उल्लेख गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनको बैंकमा करिब २० लाख रुपैयाँ ऋण थियो ।

मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिँडेका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिएका थिए । ‘पहिले नोट भेटिएको थिएन । खाटको किनारमा अड्किएको रहेछ’, मेयर रावतले, ‘सानो कपीमा उहाँले लामो नोट लेख्नु भएको छ ।’

खड्का परिवार जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएको थियो । उनी २९ पुसमा सुर्खेत जान भनेर घरबाट निस्किएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टी बाँके जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment