Comments Add Comment

पाँच कुरा, गर्भवतीले ख्याल राख्नैपर्छ

गर्भावस्थामामा गर्भवतीले आफ्नो स्वास्थ्यका साथै गर्भको बच्चाको पनि विशेष ख्याल राख्नुपर्छ । यतिबेला गरिने सानातिना गल्तीले पनि गर्भको बच्चालाई असर गर्न सक्छ । त्यसैले हरेक कुरा जानेर, बुझेर मात्र गर्नुपर्छ । जथाभावी औषधी खाने, शारीरिक क्रिया गर्ने जस्ता गतिविधिले समस्या निम्त्याउन सक्छ । खानपानमा पनि सर्तकता अपनाउनुपर्छ । पुरै जीवनशैली स्वस्थ्य र सन्तुलित हुनुपर्छ ।

१. नियमित रुपले चिकित्सककहाँ जानुपर्छ । चिकित्सककै परामर्शलाई पालना गर्नुपर्छ । प्रथम ६ महिनामा प्रतिमहिना, सतौं वा आठौं महिनामा हरेक १५ दिन तथा नवौं महिनामा हरेक हप्ता चिकित्सककहाँ आवश्य जानुपर्छ ।

२. चिकित्सक र योग प्रशिक्षकको सल्लाह अनुसार नियमित र समुचित व्यायाम गरौ । खाना खाइसकेपछि पैदल हिँड्ने बानी गरौ । हल्का, खुला र सूति कपडा लगाउनुपर्छ । मध्यन्हमा कम्तिमा २ घण्टा आरम गरौ । राती ८ घण्टाको मस्त निन्द्रा लिनुपर्छ ।

३. सन्तुलित र नियमित आहारा लिनुहोस्, जसमा उचित मात्रामा प्रोटिन तथा भिटामिन समावेश हुन्छ । अंकुरित अनज, दाल, हरियो पत्तेदार सब्जी, ताजा फल, दूध, अन्डा, माछा आदि सेवन गरौ ।

४. सन्तुलित आहार पटक पटक र थोरै थोरै मात्रामा लिनुपर्छ । भरपुर पानी पिउनुहोस्, खाली पेट बस्नु हुन्न ।

५. बच्चा कम चलमलायो वा चलमलाउन छाड्यो, रक्तश्राव भयो, खुट्टा सुन्नियो, पेटमा पीडा भयो, वान्ता भयो, टाउको दुख्यो, योनीमार्गमा पानी आयो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

अन्य टिप्स

–     ध्यान, योग गर्नुपर्छ ।

–     सधै सकारात्मक रहने प्रयास गर्नुपर्छ ।

–     खुसी एवं तनावमुक्त हुनुपर्छ ।

–     सकारात्मक उर्जा पैदा गर्ने पुस्तक पढ्ने, फिल्म हेर्ने ।

–     भयमुक्त रहने ।

–     मनोरञ्जन गर्ने, रमाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment