Comments Add Comment

‘सहारा घर’लाई पुष्पको सहयोग

नायक पुष्प खड्काले ‘सहारा घर’लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका छन् । आफ्नो जन्मथलो कैलालीमा रहेको सहारा घरलाई उनले सहयोग गरेका हुन् । सहारा घरले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदै आएको छ ।

पुष्पले आफ्नै जिल्लामा रहेको सहारा घरको विभिन्न भिडियोहरु हेरिरहन्थे । त्यहाँको सहारा घरको कामले पुष्पलाई लोभ्याएको थियो । उनलाई पहिल्यैबाट सहयोग गर्ने मन थियो । पुष्पले भने–‘बर्दगोरिया माघी मेलाको लागि कैलाली जाने अवसर पाएँ । सोही अवसरमा सहयोग गर्ने मन भयो र सहयोग गरेँ ।’

पुष्प उक्त मेलाको लागि कलाकारको रुपमा त्यहाँ पुगेका थिए । त्यहाँबाट आएको पारिश्रमिकबाट ५० हजार सहयोग गरेको पुष्पले बताएका छन् । उनले भने–‘मेरो पारिश्रमिकको केही उहाँहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता गर्दछु ।’

चलचित्र ‘अझै पनि’बाट डेब्यु गरेको पुष्प पछिल्लो समयका व्यस्त नायकमा गनिन्छन् । ‘दर्पण छाया २, मंगलम, मारुनी’ जस्ता चलचित्रबाट उनले आफ्नो परिचय स्थापित गरिसकेका छन् । पुष्पले हालै चलचित्र ‘चालबाज’को छायांकन सकाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment