+
+
Shares

पशुसेवा विभागका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १६:०७

३ माघ, काठमाडौं । पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ ।

कार्यालयको सूचना पत्रिकामा विज्ञापन गरेवापतको भुक्तानी रकमबाट सेवाग्राहीसँग ८ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।

कार्कीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा कार्कीले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?