Comments Add Comment

ईएसपीएन क्रिकेट अवार्ड : एसाेसिएट बलिङ र ब्याटिङ मनाेनयनमा नेपाली खेलाडी परेनन्

काठमाडौं : क्रिकेटसम्बन्धी अनलाइन ईएसपिएन क्रिकइन्फाेकाे वार्षिक अवार्डमा एसाेसिएटतर्फ यस पटक नेपालका कुनै खेलाडी मनाेनयनमा परेका छैनन् ।

नेपालले २०१९ मा सिंगापुर र ओमानमा दुई टी २० सिरिज खेलेकाे थियाे । तर टी २० विश्वकप छनाेट एसियन क्षेत्रबाट अघि बढ्न नसकेकाे नेपालले युएईमा ग्लाेबल टि २० विश्वकप छनाेट खेल्न पाएन । केही नेपाली खेलाडीले राम्राे प्रदर्शन गरे पनि एसाेसिएटतर्फकाे मनाेनयनमा नेपाली खेलाडी पर्न सकेनन् ।

अहिले विश्वकप लिग २ क्रिकेट भइहेकाे छ र त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु नै मनाेनयनमा परेका छन् । नेपालले भने लिग २ मा अझै खेलेकाे छैन । अर्काे महिना नेपालले घरेलु मैदानमा ओमान र अमेरिका सहभागी त्रिकाेणात्मक सिरिज खेल्नेछ ।

एसाेसिएटकाे ब्याटिङतर्फ स्कटल्याण्डका जर्ज मुन्से, पपुवा न्यु गिनीका नर्मन भानुअ, नामिबियाका जेपी काेत्जे र ओमानका जतिन्दर सिंह छन् । यस्तै बलिङतर्फ अमेरिकाका अली खान, पपुवा न्यु गिनीका नाेसाईना पाेकना, स्कटल्याण्डका हमजा ताहिर हङकङका राेहन मुस्ताफा र ओमानका विलाल खान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment