Comments Add Comment

दुई हजार घुस लिने अदालतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

३ माघ, काठमाडौं । दुई हजार घुस लिने रुपन्देही जिल्ला अदालतका नायब सब्बा वद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अदालतको धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि उनीहरुले घुस लिएको खुलेकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

रुपन्देही जिल्ला अदालतमा कीर्ते मुद्दाको अनुसन्धानको क्रममा धरौटीमा राखेको रकम फिर्ता लिन गएका सेवाग्राहीलाई उनीहरुले बिभिन्न बहाना बनाई आलटाल गरी दु:ख हैरानी दिएको र काम छिटो गरिदिने भनी २ हजार रुपैयाँ लिएको अख्तियारको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment