Comments Add Comment

यो हो विश्वकै ठूलो दूरबिन, अन्तरीक्षमा एलियनको खोजी गर्ने

विश्वमा दिनहुँ विज्ञान र प्रविधिको जगतमा नयाँ नयाँ विकास तथा आविष्कार भैरहेका छन् । आविष्कार तथा निर्माणको यहीँ चरणमा विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप पनि जोडिएको छ ।

चीनले निर्माण गरेको विश्वकै सबैभन्दा विशाल रेडियो टेलिस्कोप अन्ततः सञ्चालनमा आएको छ । तीन वर्ष लामो परीक्षणपश्चात् यो भीमकाय दूरबिन सञ्चालनमा ल्याइएको हो ।

पहिलोपटक सन् २०१६ को सेप्टेम्बरमा यो टेलिस्कोपको परीक्षण सञ्चालन सुरु गरिएको थियो । यो टेलिस्कोपलाई अन्तरीक्षको आँखा पनि भन्ने गरिएको छ ।

चीनको गुइझोउ प्रान्तस्थित पहाडी इलाकामा स्थापित यो रेडियो टेलिस्कोप तयार पार्न २० वर्ष लागेको थियो । यो टेलिस्कोप तयार पार्नका लागि अमेरिका, बेलायत तथा पाकिस्तान समेत १० देशका वैज्ञानिकहरूले सहयोग गरेका थिए । यो टेलिस्कोप निर्माणमा झण्डै २० अर्ब रुपैयाँ लागेको छ ।

यो टेलिस्कोपले एक सेकेण्डमा ३८ गिगाबाइट डाटा संकलन गर्न सक्षम रहेको छ ।

विश्वकै ठूलो तथा शक्तिशाली र संवेदनशील यो रेडियो टेलिस्कोप पुर्टेरिकोको अरेसिबो अब्जर्भेटरीभन्दा अढाइ गुणा बढी क्षमतावान् छ ।

स्मरणरहोस् पुर्टोरिकोस्थित अब्जर्भेटरीमा दुनियाँको दोस्रो सबैभन्दा ठूलो सिंगल डिस रेडियो टेलिस्कोप रहेको छ ।

चीनमा तयार पारिएको यो रेडियो टेलिस्कोप बनाउनुको उद्देश्य अन्तरीक्षमा जीवनको खोजी गर्नु रहेको छ । यसका साथै यसले एलियनको पनि खोजी गर्नेछ ।

यो टेलिस्कोपको नाम फाइभ हन्ड्रेड मिटर अपर्चर स्फेरिकल रेडियो टेलिस्कोप अर्थात् छोटकरीमा फास्ट रहेको छ । ४४५० प्यानलवाला यो टेलिस्कोपको आकार ३० वटा फुटबल मैदान बराबर रहेको छ । यसको अन्तरीक्ष रेन्ज चार गुणा धेरै छ । यो टेलिस्कोपले अहिलेसम्म ४४ वटा तीव्र गतिमा घुम्ने तारा अर्थात् पल्सर पत्ता लगाइसकेको छ । पल्सरले रेडियो तरंग तथा विद्युत् चुम्बकीय विकिरण उत्सर्जन गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment