Comments Add Comment

अदालतबाट कैद सजाय सुनाइएका दुई जना ३० वर्षपछि फन्दामा

४ माघ, जनकपुरधाम । जर्वजस्ती करणी मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय सुनाइएका दुई जना ३० वर्षपछि सिरहाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुर निवासी ६० वर्षीय बिल्टु मोची र सोही ठाउँका ४५ वर्षीय रामखेलाबन मोची रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

अदालतले उनीहरूविरुद्ध ०४६ असार १८ गते जर्वजस्ती करणी मुद्दामा ३ वर्षको कैद फैसला सुनाएको थियो । अदालतको फैसलासँगै फरार दुई जनालाई सिरहा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, महेशपुर पतारीबाट खटिएको टोलीले दुवैलाई उनीहरूको घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई शुक्रबार जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment